'विद्यालय बसले किच्दा बालिका सहित २ जनाको मृत्यु'

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पर्सामा विद्यालय बसले किच्दा बसका खलासी र एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

विज्ञापन

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका अनुसार पायोनियर एजुकेसन स्कुल, लहान नगरपालिका–१२, भोटियाटोलको को।१ ख ३५९९ नम्बरको विद्यालय बसले किच्दा २२ वर्षीय खलासी ओमप्रकाश यादव र शिशु कक्षामा अध्ययनरत पाँच वर्षीया समीक्षा साहको मृत्यु भएको हो।

प्रहरी निरीक्षक केशव कटुवालका अनुसार मङ्गलबार अपराह्न विद्यालय बसले विद्यार्थीलाई घर पुर्‍याउन पुगेको थियो। बालिका समीक्षा बसबाट ओर्लिएपछि बस अगाडि बढ्ने क्रममा र बसका खलासी यादव पछाडिको चक्कामुनि पर्नुभएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बस चालक फरार रहेका छन्। बसलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कटुवालले बताउनुभयो।

मृतक समीक्षा साह सप्तरीको बोदेबरसाइन नगरपालिका–८ निवासी गजेन्द्र साहकी पाँच वर्षीया छोरी हुनुहुन्छ। उहाँ सिरहाको लक्ष्मीपुर पतारी–२, पर्सास्थित मावलीघरमा बस्दै उक्त विद्यालयमा अध्ययनरत हुनुहुन्थ्यो।

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ