'एसीसी यू-१९ महिला कप : नेपालको दोस्रो जित, सिङ्गापुर १५१ रनले पराजित'

एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ।

विज्ञापन

मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको थियो।

नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछाएको सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो।

सिङ्गापुरको लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाइन्‌। उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि बलिङतर्फ अनुकडायतले सर्वाधिक ३ विकेट लिइन्।

त्यसअघि ब्याटिङ गरेको नेपालले १९९ रनको बनायो । नेपालका लागि ओपनरद्वय साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि साझेदारी बनाएर खेले। प्रविणले ७० बलमा १३ चौकासहित ९८ रनमा अविजित रहिन्। अर्की ओपनर धामीले ५३ बलमा समान १३ चौका सहित ७८ रन बनाउँदै अविजित रहिन्।‌

नेपालले पहिलो खेलमा कतारलाई १०५ रनले हराएको थियो।

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ