'सिंहदरबार गेट अगाडि प्रदर्शन गर्न पुगेका अनेरास्ववियुका अध्यक्षसहित ६ जना पक्राउ'

३१ असार, काठमाडौं । अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना पक्राउ परेका छन् । सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । पक्राउ पर्ने अन्यमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष वाग्मती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा, सिरिस बुढाथोकी छन् ।
अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै प्रदर्शन गरेको हो । सिंहदरबार गेटअगाडि प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन
यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ