'‘बोक्सीको घर’ले दुई दिनमा २ करोड १५ लाख कमाए'

काठमाडौं / अब नेपाली फिल्ममा स्क्रिप्ट हिरो बन्दैछ भन्ने प्रमाणित फिल्म ‘बोक्सीको घर’ले गरेको छ । यसमा स्टारडम भएका कलाकार छैनन् । तर, फिल्मले सिक्वेल वा मल्टीस्टारर फिल्मको भन्दा ठूलो ओपनिङ गर्‍यो । शुक्रबार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको थियो । शनिबार विदा हुँदा अकुपेन्सी दर थप उच्च रह्यो । फिल्मले दुई दिनमै बक्स अफिसमा आकर्षक अंक जोडेको छ ।

विज्ञापन

वितरक कम्पनी टि-फल्कले फिल्मको दुई दिनको व्यापार २ करोड १५ लाख रहेको जनाएको छ । शनिबार २५० बढी शोजमा डेढ सय शोज पूर्ण हाउसफुल र बाँकीमा ८० प्रतिशतसम्म अकुपेन्सी रहेको वितरक कम्पनीको दाबी छ । विशेषगरी फिल्मको व्यापार काठमाडौंमा आक्रामक रह्यो । मोफसलका बुटवल, चितवन, धरान जस्ता ठूला सहरहरुमा पनि फिल्मको अकुपेन्सी सुखद थियो ।

फिल्मले दुई दिन बुलन्द व्यापार गर्नुमा दुईवटा कारण महत्त्वपूर्ण मान्न सकिन्छ । पहिलो, ‘बुझिनँ मैले’ गीतको प्रभाव । यतिबेला यो गीत सर्वाधिक चर्चित छ । युट्युबमा एक करोड हाराहारी भ्यूज मिलेको छ । गीतले नै दर्शकको ठूलो जमातलाई हलमा तानेकोमा दुईमत छैन । दोस्रो, विषयवस्तु । फिल्मले बोक्सी कुप्रथाको कथा भनेको छ । महिला दर्शकले यसलाई आत्मसात् गरेको देखिन्छ ।

यो फिल्मको असली परीक्षा भने आइतबारबाट सुरु भएको छ । किनकि, अब ‘वर्ड अफ माउथ’ले फिल्मको भविष्य निर्धारण गर्छ । तर, आइतबार बिहानी शोजको अकुपेन्सी २० प्रतिशत देखिएको छ । यो सुखद हो । दिउँसोबाट अकुपेन्सी बढ्न सक्छ । नेपालमा फिल्मको जबर्जस्त व्यापारपछि विदेशमा समेत माग बढेको छ । शनिबार फिल्मको यूरोप र अष्ट्रेलिया राइट्स बिक्री गरिएको छ ।

शुक्रबार र शनिबार दिनभर नै प्रतिक्रिया बुझ्न हल-हलमा पुगेकी अभिनेत्री केकी अधिकारी फिल्मलाई दर्शकले दिएको साथ देख्दा सपनाझैँ लागिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘माटोको स्वाद दिन सकियो भने दर्शकले साथ दिनुहुन्छ भन्ने पहिला पनि उदाहरण छ । त्यो हिसाबले हामीलाई पनि विश्वास थियो । तर, सोचेको भन्दा पनि धेरै राम्रो हुँदा यो साँचिक्कै भइरहेको छ भन्ने लागेको छ ।’

स्राेत : Samachar Khudkilo

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ