'लखन थापा मगर गोल्ड कपको टिम दर्ता र टाईसिट ०७ जुन २०२४ मा'

काठमाडौं, निर्देशक ऋषिराज आचार्यले ४४ दिनमा आफ्नो नयाँ फिल्म ‘द्रौपदी’को छायांकन सकाएका छन् । गत फागुन अन्तिममा डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभसाइत गरेपछि छायांकन सुरु गरिएको फिल्मको शुक्रबार नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डो तालमा अन्तिम दृश्य खिचियो । नारी प्रधान विषयमा निकै मिहिनेत गरेर फिल्म बनाएको निर्देशक आचार्यले बताएका छन् । स्क्रिप्ट लेख्न मात्र चार वर्ष लागेको उनको भनाई छ ।

विज्ञापन

फिल्ममा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । गायक ओडले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । यसमा मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत तथा विजय आचार्यको कला निर्देशन छ ।

फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयं छन् भने उनलाई विष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवालीले निर्माणमा सघाएका छन् । खेमराज भण्डारी र ऋतु आचार्य सह-निर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् । फिल्मलाई यसै वर्ष प्रदर्शनको तयारी गरिएको छ ।

स्राेत : Samachar Khudkilo

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ