श्रावण १७ /काठमाडौँ
त्रिभुवन विश्वविद्यालय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति प्राध्यापक केशरजंग बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेश गर्न नदिएको भन्दै संयुक्त विद्यार्थी संगठनले विरोध गरेका छन्। अखिल क्रान्तिकारी,अखिल, अखिल समाजवादी लगायत सातवटा विद्यार्थी संगठनले एमालेसम्बद्ध कर्मचारी संगठनको दबाबमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम रोकेको भन्दै संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति निकालेर विरोध गरेका हुन्।
प्रधानमन्त्रीले यसरी नीति तथा कार्यक्रम रोक्दा विश्वविद्यालय सुधारका काममा वाधा उत्पन्न हुने र विद्यार्थी संगठनले उठाउँदै आएका महत्वपूर्ण मुद्धा ओझेलमा पर्नसक्ने भन्दै यसो नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन्। कुलपतिले विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित हुनबाट रोक्ने कार्य लज्जास्पद भएको बताउँदै यसले गौरवमय इतिहास बोकेको विश्वविद्यालयको गरिमामा आँच पुगेको हाम्रो निष्कर्ष छ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारलाई त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयलाई स्वतन्त्र रूपमा काम गर्न दिन माग गर्दै विश्वविद्यालयमा हुने राजनैतिक हस्तक्षेप विरुद्ध संघर्षमा उत्रिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।