'त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै संघर्षमा उत्रिए विद्यार्थी संगठन '

श्रावण २१/काठमाडौँ

विज्ञापन

त्रिभुवन विश्वविद्यालय सभा सिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको नीति तथा कार्यक्रम पेश गर्न नदिइएको कार्यको विरोध गर्दै विद्यार्थी संगठनहरू संघर्षमा उत्रिएका छन्। प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप गर्ने पुरानै घृणित खेल दोहोर्‍याएको,विश्वविद्यालयको उत्तरपुस्तिका हराउने दोषिहरूलाई कारवाही नगरिएको, विद्यालय शिक्षा विधेयक २०८० को मुल मर्मलाई तोडमरोड गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले संघरषका कार्यक्रम घोषणा गरेका हुन्।

 

अखिल क्रान्तिकारी,अनेरास्ववियु,अखिल समाजवादी लगायतका सात विद्यार्थी संगठनले विज्ञप्ति जारि गर्दै पहिलो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको र सरकारी कदम नसच्चिए दोस्रो चरणमा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन। पहिलो चरणको कार्यक्रम अन्तर्गत श्रावण २२ गते त्रिभुवन विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा विरोध व्यानर राखिने, २३ गते त्रिविका पदाधिकारीसँग छलफल गरि ध्यानाकर्षण गराउने र श्रावण २८ गते त्रिवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया आयोजना गरिएको अखिल समाजवादीका महासचिव प्रकाश जप्रेलले बताए।

 

 

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ