'सरकारी अस्पतालहरूमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने सरकारको निर्णय'

श्रावण २४/धनगढी

विज्ञापन

सरकारले डेंगु संक्रमितहरुको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग, संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पछि डेंगु संक्रमितहरूको निःशुल्क उपचार गर्ने निर्णय गरिएको हो ।

 

 

सरकारले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

 

 

नेपालका ७३ जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भएका छन् । जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ ।यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार बागमतीमा ७४७, कोशीमा ५३७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, सुदुरपश्चिममा २४२, मधेशमा ४७ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

 

 

‘अघिल्लो वर्षको तुलनामा बिरामीको संख्यामा वृद्धि भएको नदेखिएपनि  जोखिम भने कायम नै रहेको भन्दै सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ ।

 

 

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ