'नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य'

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

विज्ञापन

जारी शृङ्खलामा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो भने ओमानले पनि क्यानडालाई ४१ रनले हराएको थियो ।

नेपाल आजको खेलमा जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न तालिकाको शीर्ष छभित्र रहनुपर्ने भएकाले नेपालका लागि यो खेल महत्वपूर्ण छ ।

हाल अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छन् । आइसिसीको प्रावधानअनुसार लिग–२ को शीर्ष छमा रहने टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछन् । पुछारका दुई टोलीले भने मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ

‘लापसे गरेर सवारी चलाउनेको लाइसेन्स खारेज गरौँ’ : मुख्यमन्त्री थापा