'एसिसी महिला यु–१९ प्रिमियर कपमा नेपालको विजयी सुरुवात'

काठमाडौँ, असार २७ गते । नेपालले मलेसियामा सुरु भएको एसिसी महिला यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।

विज्ञापन

मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कतारलाई एक सय पाँच रनले हरायो । जितका लागि नेपालले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको कतार १२ ओभरमा सबै विकेटको क्षतिमा २५ रनमा समेटिएको थियो ।

कतारका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कतारलाई कमजोर बनाउन बलिङमा नेपालका रिया शर्मा र रचना चौधरीले तीन तीन तथा मनिषा उपाध्यायले दुई विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्ष्ाितमा एक सय ३० रन बनाएको थियो । नेपालका लागि ओपनर सावित्री धामीले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

साना प्रविनले २७ र अन्जि पाठकले अविजित २३ रन बनाउनुभयो । नेपालले समूहको दोस्रो खेल असार २८ गते सिङ्गापुरसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित सहित १३ देशको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा थाइल्यान्ड, म्यान्मार र जापान रहेको छ । समूह ‘बी’ मा युएई, ओमान र भुटान रहेको छ । समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’ मा हङकङ, सिङ्गापुर र कतार रहेको छ ।

समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । त्यसबाट चार टोली सेमिफाइनल र दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल साउन २ गते हुनेछ ।

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ