'नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा'

२८ असार, काठमाडौं । जुड बेलिंघमको दुई गोलको मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

विज्ञापन

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले ८ वर्षपछि सेमिफाइनमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १/१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको ९३औँ मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका हुन्।

खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलमा पहिलो गोल खेलको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गरेका थिए।

तर, त्यसको ११ मिनेटपछि नै पहिलो हाफको इन्जुरी समयमा जेड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका थिए। इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ ।

इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ